चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोक्यो : सभापति रावल
बिहीबार, ०४ माघ २०८०, १२ : ५३

काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावलले चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोकेको आरोप लगाएकी छन् । बिहीबार समितिको बैठकमा बोल्दै सभापति रावलले सो आरोप लगाएकी हुन् ।
उनले भनिन्– ‘चितवन राष्ट्रिय निकुञ्जले विश्व सम्पदा सूचीमा परेको भन्दै बाटै बनाउन नदिने भनेर विकास रोकेको छ। माडी जानेले सास्ती पाएका छन् । विकास निर्माणका कुरामा नीति र कानुन बनाउने बेला ध्यान दिन जरुरी छ।
उनले कानुन धेरै पुराना भएको बताउँदै उनले भनिन् ‘हामी नयाँ संविधानमा चलेका छौँ तर कानुन धेरै पुराना छन्, त्यसमा ध्यान दिन जरुरी छ।’