आशिफ र रोहितको अर्धशतकसँगै एपीएफले मधेसलाई दियो २४७ रनको विशाल लक्ष्य
काठमाडौँ । माथिल्लो क्रमका दुई ब्याट्सम्यानले आकर्षक अर्धशतकीय पाली खेलेपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा मधेस प्रदेशलाई जितका लागि दुई सय ४७ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४६ रन बनाएको हो । टोलीको खाता खुल्नुअघि नै पहिलो विकेट गुमाएको एपीएफ क्लबका लागि अर्का ओपनर आसिफ शेख र तेस्रो नम्बरका ब्याट्सम्यान रोहित पौडेलले अर्धशतकीय पाली खेलेका थिए ।
यी दुई ब्याट्सम्यानले टोलीका लागि एक सय ३२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ५९ रन बनाए । यसक्रममा उनले ६९ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काएका थिए ।
कप्तानसमेत रहेका रोहित पौडेलले पनि टोलीको खातामा ५८ रन थपे । उनले ७४ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान प्रज्ज्वल शाही भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।
तल्लोक्रमका ब्याट्सम्यान अमर रौतेलाले भने केवल एक रनका कारण अर्धशतक बनाउनबाट चुके । उनले टोलीको खातामा अविजित ४९ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५७ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए ।
सुमित महर्जन नौ रनमा आउट भए भने सन्दीप जोराले टोलीको खातामा २० रन थपे । उनले २२ बलमा एक छक्का र एक चौका पनि हिर्काए । लोकेश बम भने ६ रन बनाउँदै आउट भएका थिए । अविनाष बोहरा आठ रनमा अविजित रहे ।
एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २९ रन पाएको थियो । मधेस प्रदेशका बलर प्रदीप पासवान र रुपेश सिंहले तीन–तीन विकेट लिए । रंजित कुमारले पनि दुई विकेट हात पारे । अरनिको यादवले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला