यातायात क्षेत्र व्यवस्थित बनाउन प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दैछु : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका हुन् ।
उनले चाडपर्वमा हुने दुर्घटनामा कमी आएको बताउँदै भने– ‘सडक दुर्घटना र सडक सुरक्षाको विषय उठेको छ। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । हामीले दुर्घटना न्यूनीकरणको प्रयास गरेका छौँ। चाडपर्व हुने दुर्घटनामा कमी आएको छ। त्यो भनेको हाम्रो निरन्तर अनुगमनले नै हो।’
दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर रहेको समेत मन्त्री ज्वालाले बताए । उनले सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन एउटै हुनुहुँदैन भन्ने विषय उठेकाले एउटै ड्राफ्ट बनाएर अर्थ मन्त्रालय पठाइएको उनले बताए । ‘हामीले सुरुमा ड्राफ्ट बनाएर अर्थमा पठाउँदा एउटै बनाएर पठाऊ भन्यो। हामीले एउटै बनाएर पठाएका छौँ। अहिले धेरै अधिकार प्रदेशमा पनि छ । यातायात क्षेत्र व्यवस्थित बनाउन ७ गते प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएका छौँ।’
उनले यसका लागि पूर्व सचिवको संयोजकत्वमा कार्यदल समेत बनाइएको बताउँदै यो प्रतिवेदन त्यसै नथन्किने बताए । मन्त्री ज्वालाले व्यापारिक कोरिडोरको रूपमा उत्तर दक्षिण कोरिडोरलाई प्राथमिकतामा राखिएको बताए ।
संरक्षित क्षेत्र भित्र के गर्ने भन्ने एउटा कार्यविधि बनाइसकिएको बताउँदै उनले सडक र आवश्यक पूर्वाधार बनाउन त्यसले बाटो खोल्ने बताए । त्यसका लागि केही निकायबिच समन्वय अभाव रहेको उनले बताए ।
विकास पनि हुने र जनतालाई सास्ती नहुने विषयमा प्रधानमन्त्री पनि गम्भीर रहनुभएको मन्त्री ज्वालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
-
काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
-
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
-
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै सावित्री
-
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि