लोअर ईर्खुवा हाइड्रोपावरको साधारण सेयर जारी हुँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनी प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । जारी पुँजी रु.१ अर्ब ३० करोड ५० लाखको २१.५ प्रतिशत अर्थात् रु.१०० अंकित दरको २८ लाख ५ हजार ७५ं० कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको हो ।
त्यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३,०५,००० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि र ११.५ प्रतिशत अर्थात् १५,००,७५० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ ।
शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित
-
पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा
-
जेसीबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृत्यु