पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउनुपर्छ : सचिव शर्मा
काठमाडौँ । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले कालीगण्डकी करिडोरलाई दुईवटा आयोजनामा बाँडेर काम सुरु गरिएको जानकारी दिएका छन् । बिहीबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।
त्यस्तै सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्र्याक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्र्याक खोल्न चिनियाँ सरकारको सहयोग लिएको बताए ।
‘कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने समस्या छ । कतै कडा चट्टान र अहिले जाडो मौसमका कारण कामको प्रगति न्यून छ’, उनले भने, ‘यो वर्षको बजेट ३७ अर्बले घटेर आयो । कन्ट्रयाक्टरहरु हिँड्न थालिसके ।’
कर्णाली करिडोरमा सुरुमा ट्र्याक खोल्ने र यसका लागि ५५ करोड बजेट आएको भन्दै हुलाकी राजमार्गमा २५० पुल बनाउनु पर्ने र ११ सय ६८ किमी बाटो बनिसकेको बताए । उनले चितवन र नवलपरासी बीचमा निकुञ्जले पुल बनाउन नदिएको तथा कपिलवस्तुमा पनि निकुञ्जका कारण काम रोकिएको जानकारी दिए ।
पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाई हाल्नुपर्ने अवस्था रहेको भन्दै उनले बजेट सुनिश्चितता नगरी नहुने आयोजनामा सरकारको प्राथमिकतामा नदेखिको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ