टाइगर कप भलिबल : उत्कृष्ट पुनरागमन गर्दै डिफेण्डिङ च्याम्पियन एपिएफ फाइनलमा
बिहीबार, ०४ माघ २०८०, ११ : ४२
![टाइगर कप भलिबल : उत्कृष्ट पुनरागमन गर्दै डिफेण्डिङ च्याम्पियन एपिएफ फाइनलमा](https://npcdn.ratopati.com/media/news/apf_CvbAYWB3fw.jpg)
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत महिला तर्फको खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ फाइनल प्रवेश गरेको छ । अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर एपिएफ फाइनल प्रवेश गरेको हो ।
पहिलो सेट १९–२५ र दोस्रो सेट २०–२५ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला तीन सेटमा लगातार जित निकाल्यो ।
तेस्रो सेट २५–१२, चौंथो सेट २५–१६ र अन्तिम सेट १५-१३ स्कोर सहित एपिएफले खेल आफ्नो पोल्टामा पार्यो । एपिएफले अब न्यु डायमण्ड र नेपाल पुलिस क्लबबिच हुने खेलको विजेतासँग फाइनल खेल्ने छ । उक्त खेलमा पराजित भएको टिमसँग आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघलाई नमागेको सल्लाह
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह