घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
बिहीबार, ०४ माघ २०८०, ११ : १८

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो ।
७०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेर कारोबारमा आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
-
रवी लामिछानेको ज्यान असुरक्षित भएको भन्दै रास्वपाले मानव अधिकार आयोगलाई बुझायो निवेदन
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
-
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
-
नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न