साहब आलमले ६ विकेट लिएपछि आर्मीसामु निरीह बने कोशीका ब्याट्सम्यान

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा त्रिभुवन आर्मी क्लबका बलरसामु कोशी प्रदेशका ब्याट्सम्यानहरु निरीह बनेका छन् । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशीले २४.४ ओभरमै अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।
कोशी प्रदेशका लागि ओपनर ब्याट्सम्यान अंकित सुवेदीले मात्र दोहोरो अंकमा रन बनाउन सके । टोलीको कप्तानसमेत रहेका अंकितले ४१ रन बनाए । उनले केवल ३७ बलको सामना गरी नौ चौका पनि हिर्काएका थिए ।
कोशी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रारम्भदेखि नै निरीह देखिएका कोशीका ब्याट्सम्यानहरु क्रिज समाल्न आउने र लगत्तै पेभेलियन फर्किनेक्रम जारी रह्यो । कोशीका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।
कोशी प्रदेशले अतिरिक्त रुपमा १९ रन पाएको थियो । अंकितवाहेक कोशी प्रदेशका अन्य कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । ओपनर फिरदोष अन्सारी चार रनमै आउट भए । समिर कार्की पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् ।
सुजन थपलिया आठ रन बनाउँदै आउट भए भने सुभन गहतराज पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । सोनु अन्सारी, कमल खत्री, अभ्यास तिमिसिना, सुजन घिमिरे र हेमन्त राईले खाता खोल्न सकेनन् । सोनु मण्डल भने चार रनको आउट भए ।
आर्मी क्लबका बलर साहब आलम एक्लैले ६ विकेट लिएका थिए । उनले ६.४ ओभरमा तीन मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । सोमपाल कामी र बिवेक यादबले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि