मुलुकमा दलहरूबिच सहमति र सहकार्य आवश्यक : सिटौला

धनकुटा । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबिच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् । संविधान निर्माण भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबिच सहमति र सहकार्य आवश्यक रहेको बताए ।
बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठुला–ठुला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए । ‘मुलुकमा यति ठुलो राजनीतिक परिवर्तनपछि हामीले ठुलो सङ्घर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबिच सहकार्य र एकता आवश्यक हुन्छ ।’ उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार चम्पादेवी कार्कीले राष्ट्र निर्माणमा सबैै एक भएर लाग्नु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )