‘दिमाग खराब’पछि निश्चलले घोषणा गरे एक्सन फिल्म
बिहीबार, ०४ माघ २०८०, १० : ३८

काठमाडौँ । यो वर्ष हिट फिल्म ‘दिमाग खराब’ दिएका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आज (बिहीबार) परेको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ एक्सन फिल्म निर्देशन तयारी गरेको घोषणा गरेका हुन् ।
फिल्मको दसैँ अगाडि नै छायाङ्कन गर्ने उनले बताएका छन् । फिल्मको अन्य विषयमा भने निश्चलले केही खुलाइएका छैन । निश्चल अहिले फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दै छन् । आकाश बरालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निश्चलको अलावा स्वस्तिमा खड्का पनि छिन् । फिल्म स्वस्तिमाकै लगानीमा बन्न लागेको हो ।
निश्चलले फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्न ७ वर्ष लगाएका थिए । तर ‘दिमाग खराब’पछि भने उनी छिट्टै अर्को फिल्म निर्देशन गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले