६ महिनामा झन्डै दुई लाख पर्यटक मुस्ताङ पुगे

पोखरा । चालू वर्षको पहिलो ६ महिनामा झन्डै २ लाख पर्यटकले मुस्ताङ घुमेका छन् । पुस मसान्तसम्म १ लाख ९० हजार ४ सय ७४ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म नेपाली १ लाख ५५ हजार ३८, सार्क राष्ट्रका पर्यटक २९ हजार ९ सय ९२ र अन्य राष्ट्रका पर्यटक ५ हजार ४ सय ४४ जना मुस्ताङ भित्रिएका प्रहरीको तथ्याङ्कमा छ । यही अवधिमा ३५ हजार ८ सय ९७ वटा सवारी साधन मुस्ताङ भित्रिएका डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।
साउनमा ९ हजार ६ सय २ जना पर्यटक र १ सय ९१ जना कर्मचारी तथा कामदार मुस्ताङ छिरेका थिए । भदौमा पर्यटक १० हजार ७ सय २५ र २ सय ५ जना कर्मचारी तथा स्थानीय, असोजमा पर्यटक ३३ हजार ८ सय, कार्तिकमा ७९ हजार ३ सय ७३ जना पुगेका छन् ।
मङ्सिरमा ४२ हजार २ सय ८४ जना र पुसमा १७ हजार ४ सय ५७ जना पुगे । जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घासामा कम्प्युटर प्रणाली मार्फत अभिलेख राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा