शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाराको निजगढ रतनपुरीमा बाघ आतङ्क, चौपाया मार्न थालेपछि स्थानीय त्रसित

बिहीबार, ०४ माघ २०८०, ०८ : ४०
बिहीबार, ०४ माघ २०८०

बारा । निजगढ नगरपालिकाका उत्तरी भेग रतनपुर क्षेत्रमा बाघले आतङ्कले स्थानीय आंतकित भएका छन् । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा पाटे बाघले बाख्रा, गाई भैँसी लगायतका पशु चौपाया मार्न थालेको स्थानीयले बताए । बाघको आक्रमणबाट  निजगढ –१३ मा जय बहादुर स्याङ्तानको मात्रै १० ओटा बाख्रा एकै पटक मरे । 

त्यस्तैगरी  सुकबहादुर थिङ्गका गोरुलाई आक्रमण गरेर घाइते बनाएको छ  भने निजगढ १० लाल स्थित सुन्दर बस्तीका किसानहरूको गोठमै बाघले आक्रमण गरेर टुबा कान्छाको २ वटा गाई, श्याम बोम्जनको १ वटा पाडा र सानुमान जिम्बाको १ वटा बाख्रा गरी एकै टोलमा ४ पशु चौपाया बाघको आक्रमणबाट मरेको स्थानीयहरूले बताएका छन् । 

खोरमै पसेर बाघले बाख्रा खाएको निजगढ १० लालका सिद्धार्थ लामाले बताए । यसरी बाघले बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका छन् । रतनपुर क्षेत्रमा जङ्गल नजिकै बस्ती भएको हुँदा बाघले खोरमै पसेर बाख्रा खाने र मार्ने गरिरहेको छ । 

पर्सा राष्ट्रिय  निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले निजगढ रतनपुरीमा बाघले आक्रमणबाट घरपालुवा जनावर खाएको विषयमा सूचना आएकाले निकुञ्जले वन कार्यालयसँगको सहकार्यमा सो बाघलाई नियन्त्रणमा लिने जनाएका छन् । 

 

‘बाघको गतिविधि बुझ्न आज हामीले सो क्षेत्रमा क्यामरा जडान गरेर अनुगमन गर्छौ, त्यसपछि डिभिजन वन कार्यालय र स्थानीय तहको समन्वयनमा बाघलाई नियन्त्रणमा लिनुपर्ने आवश्यकता भए नियन्त्रणमा लिन्छौ’ सूचना अधिकारी भगतले भने । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप