शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताएका छन् ।
पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिए । उनले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गरे ।
समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उनले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउने दृष्टिकोण रहेको प्रष्ट पारे ।
जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।
जनताले आर्थिक–सामाजिक अधिकार प्राप्त गर्न नसकेको बताउँदै उनले मुलुकमा आर्थिक रुपान्तरण उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका विकास गर्नुपर्ने बताए । अध्यक्ष नेपालले समाजमा रहेको सम्पूर्ण विभेद तथा गलत कार्यको अन्त्य गरी मुलुकमा बढिरहेको भ्रष्टाचार, विदेशमा पलायन भइरहेका युवालाई रोक्ने विषयलाई प्राथमिकतामा राखेर कृषि नीति तर्जुमा गर्न सरकारलाई आग्रह गरे ।
उनले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन प्रगतिशील विचारधारा तथा चिन्तनको खाँचो औँल्याए ।
अध्यक्ष नेपालले विभिन्न रुपमा छरिएका कम्युनिस्ट वर्गीय चिन्तन एकै भएकाले मतभेद कम गरी एकताका लागि साझा आधार खोज्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक