प्रहरीलाई झुक्क्याउन कपडा फेर्ने ‘चोर’
काठमाडौँ । ललितपुरमा चोर्न जाँदा एकथरी कपडा र चोरेपछि कपडा फेरेर हिँड्ने चोर भेटिएका छन् । उनी हुन्, दोलखाको शैलुङ्ग गाउँपालिका–४ घर भएका रघुनाथ बस्नेत । ४० वर्षीय बस्नेत भक्तपुरको निकोसेराबाट पक्राउ परेका हुन् ।
अनुसन्धान अधिकृतहरुलाई छक्याउन उनले कपडा बदल्ने गरेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खनाल भन्छन्,‘आरोपीले चोर्न जाँदा एउटा कपडा लगाएर घरमा पस्ने र निस्केर एकान्त ठाउँमा पुगेपछि अर्को कपडा परिवर्तन गरेर हिँड्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’
आरोपी रघुनाथ बस्नेत असोज ३ मा राष्ट्रपतिबाट कैद मिनाहा पाएर निस्केका हुन् । संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा दुई वटा ठुला चोरीमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दुई महिनाको अवधिमा बस्नेतले ६१ लाख बराबरको धनमाल चोरेको आरोप छ ।
झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरेको अनुसन्धानबाट थाहा भएको छ । उनले चोरेको केही सामानहरु प्रहरीले बरामद गरेको छ ।
रघुटना बस्नेत अहिले १२ औँ पटक पक्राउ परेका हुन् । १३ वर्षदेखि उनी अपराधमा संलग्न रहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । विदेशीहरु बस्ने घरलाई लक्षित गरेर चोर्न पस्ने उनी कम्तीमा एउटा घरमा ३–४ घण्टा बिताउँछन् । चोरेर निस्केपछि भक्तपुरस्थित डेरामा जान उनले घुमाउरो बाटो प्रयोग गर्ने गरेको थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्,‘सानेपामा चोरेर सिधै भक्तपुर नगएर उनी त्रिपुरेश्वर हुँदै सोह्रखुट्टे पुगेर फेरी रत्नपार्कमा आएर गाडी चढेर जाने गरेको भेटिएको छ ।’
पुस २४ मा पक्राउ गरेर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आरोपीबारे अनुसन्धान भइरहेको एसएसपी खनालले जानकारी दिए । सानेपा र भनिमण्डलमा विदेशी नागरिकको डेरामा भएको चोरीमा पनि उनी संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म