उडिरहेको विमानमा यात्रीले क्रुमेम्बरको पाखुरा टोकेपछि...

टोकियो । जापानको टोकियोबाट अमेरिकातर्फ उडेको एउटा विमान आकाशबाट पुनः विमानस्थल नै फर्किएको छ । मदमत्त जना यात्रीले उडानको बिचमा क्रु मेम्बरको पाखुरामा टोकेपछि घरेलु विमान सेवा प्रदायक आनाको फ्लाइट टोकियोको हानेदा विमानस्थलमै फर्किएको थियो ।
क्याबिन अटेन्डेन्टको पाखुरामा टोक्ने यात्री ५५ वर्षीय अमेरिकी नागरिक थिए । घटनाको समयमा उनी नसामा भएको बताइएको छ । फ्लाइट अटेन्डेन्टको पाखुरामा चोट लागेको बताइएको छ । घटनाको समयमा आफूले निद्रा लाग्ने औषधि खाएकोले घटनाबारे केही पनि याद नभएको दोषीको भनाई छ । विमान उडेर प्रशान्त महासागर माथि पुगेको थियो ।
यो घटनापछि १५९ जना यात्रु सवार विमानलाई फर्काइएको थियो । दोषीलाई प्रहरीको जिम्मा लगाइएको थियो । जापानको हवाई क्षेत्रमा पछिल्लो समय हलचल मच्चिएको छ । हालैका दिना आनाको उडानमा आएको यो दोस्रो समस्या थियो । शनिबार आनाको एउटा घरेलु फ्लाइटका क्रममा ककपिटको झ्यालको शिशा फुटेको भेटिएपछि उडिसकेको विमान पुनः विमानस्थलमै फर्काइएको थियो ।
हानेदा विमानस्थलमा जनवरी २ मा जापान एयरलाइन्सको विमान धावनमार्गमा कोष्ट गार्डको विमानसँग ठोक्किएको थियो । जापान एयरलाइन्सको विमानमा ३७९ जना यात्री सवार थिए । उक्त विमानको यात्रीहरु सबै सकुशल थिए । तर कोष्ट गार्डको विमानका ६ मध्ये ५ जनाको मृत्यु भएको थियो । मंगलबार पनि कोरियन एयर र क्याथी प्यासिफिकको विमानको पंखा होक्काइदोको एउटा विमानस्थलमा ठोक्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?