डा. लामा र सुङबिच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल
बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष युन सुङबिच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङबिच भएको भेटवार्तामा शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढीभन्दा बढी ल्याउने लगायतका विषयमा छलफल भएको हो ।
भेटमा उपाध्यक्ष डा. लामाले चीन र नेपालबिचको सम्बन्ध भगवान् बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चीनमा बुद्धका अनुयायीहरू धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा. लामाले आग्रह गरे ।
भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले बुद्ध जन्मस्थल चिनियाँहरूका लागि पवित्र स्थल रहेकाले यसको प्रचार प्रसार गर्ने बताए ।
भेटमा दुई देशबिचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र संवर्द्धनलगायतका विषयमा पनि छलफल भएको थियो । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता