राष्ट्रियसभा निर्वाचन : चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाइने
बुधबार, ०३ माघ २०८०, १५ : ३५

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताले चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाउने भएका छन् ।
जसअनुसार प्रदेश र स्थानीय तहका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरु प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मत हाल्न पाउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।
सम्पूर्ण सदस्यहरुलाई निर्वाचन आयोगले तोकेका मध्ये कुनै सक्कल प्रमाण पत्र लिइ मतदानमा सहभागी हुन अनुरोध गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता