विभागीय पुलिससँग हार्यो पाहुना टोली श्रीलंका
बुधबार, ०३ माघ २०८०, १५ : ०८

पोखरा । पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ श्रीलंकाको आर्मी टिमलाई नेपाल पुलिस क्लबले पराजित गरेको छ । शनिवार पोखरा रंगशालामा भएको खेलमा पुलिसले ३-१ सेटको जित निकालेको हो ।
कडा प्रतिस्पर्धाबीच पहिलो सेट ४१(३९ स्कोर सहित अग्रता लिएको पुलिसले दोस्रो सेट १३(२५ ले गुमायो । तेस्रो सेट २५-२० र चौथो २५(१७ स्कोरले पराजित गरेको हो । प्रतियोगितामा पुलिस क्लबका रविन चन्द टाइगर अफ म्याच घोषित भए ।
समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको समान ३र३ अङ्क छ ।