२०४ बोरा अवैध प्याज बरामद
बुधबार, ०३ माघ २०८०, १५ : ०४

सिराहा । प्रहरीले सिराहाबाट २०४ बोरा अवैध प्याज बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले मंगलबार राति २ बजे सिराहाको लहानबाट काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा मुसहरिया सडक खण्डमा उक्त प्याजसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । बरामद प्याज ४ लाख ८ हजार मूल्य बराबर रहेको प्रहरीले जनाएको छ ।
प्याजसहित प्र १–०२–००१ ख ९१६१ नम्बरको ट्रक र त्यसका चालक उदयपुर कटारीका २६ वर्षका राजेश कटुवाल पनि पक्राउ परेका छन् । बरामद प्याजसहित कटुवाललाई सवारी साधन राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !