गरिमा विकास बैंकद्वारा ‘गरिमा ५ इन १ बचत खाता’ सार्वजनिक

काठमाडौँ । गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १ बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सीआस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यस खाता अन्तर्गत ग्राहकहरूले न्यूनतम १००० मा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैङ्किङ, वेब बैंकिङ, एटीएम सीआस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर फ्यासिलिटीमा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरूले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
-
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारिने छ: प्रचण्ड