सम्बन्धविच्छेद गर्दैछिन् इशा देओल ?
नयाँ दिल्ली । यति बेला हेमा मालिनी र धर्मेन्द्रकी छोरी इशा देओल निजी जीवनका कारण चर्चामा छिन् । इशा र भरत तख्तानीको सम्बन्ध टुट्न लागेको खबर चलिरहेको छ । यसको शुरुआत रेडिटमा भाइरल बनेको एउटा पोष्टबाट भएको हो । कुनै बेला इशा र भरतलाई बलिउडको ‘स्ट्रङ्ग’ जोडीको रूपमा हेरिन्थ्यो । सामाजिक सञ्जालमा दुवैले आफ्नो फोटोहरू शेयर गर्थे । कार्यक्रममा पनि साथमै देखिन्थे ।
तर अहिले तख्तानी दम्पत्ति बीच सबै कुरा ठिकठाक नभएको बताइएको छ । इभेन्ट र पार्टीहरुमा पनि दुबै जना सँगसँगै देखिन छाडेपछि यो विषय चर्किएको छ । गएको वर्षयता फेस्टिभ सिजनहरूमा इशा देओल आफ्नी आमासँग धेरै देखिन थालेकी छिन् । आमिर खानको छोरी आयराको बिहेको रिसेप्सनमा पनि इशा हेमाको साथमा पुगेकी थिइन् । आमाबाहेक इशा कहिलेकाहीँ आफ्नी दुई छोरीसँग पनि देखिएकी छिन् । हरेक साना–ठुला कार्यक्रममा इशा एक्लै जान थालेपछि वैवाहिक जीवन खतरामा परेको अड्कल काट्न लागिएको छ ।
केही अघि कयौँ दिवाली पार्टीमा पनि उनी एक्लै गएकी थिइन् । हेमा मालिनीको ७५ औँ जन्मोत्सवको अवसरमा पनि भरत देखिएका थिएनन् । यी सबै कुराहरूले तख्तानी दम्पत्तिबीच सम्बन्ध राम्रो नरहेको अफवाह बलियो भइरहेको छ । आगामी जुनमा भरत र इशाले बिहे गरेको १२ वर्ष पुग्नेछ । यी दुईको बिहे सन् २०१२ मा भएको थियो । इशाको राध्या र मिराया २ छोरी छन् । सम्बन्ध विच्छेदबारे इशा र भर दुवैले अहिलेसम्म केही पनि बोलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कि हामीलाई सिद्ध्याउनु पर्छ, कि केबलकार निर्माण रोक्नुपर्छ’
-
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै
-
संस्कृतिबाट राजनीति ‘आउट’ हुनुपर्छ
-
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ : सांसद पन्त
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’