अस्ट्रेलिया–वेस्ट इन्डिज पहिलो टेस्ट : पहिलो दिन नै खस्यो १२ विकेट

काठमाडौँ । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन बुधबार नै दुवै टोलीको गरी कुल १२ विकेट खसेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली वेस्ट इन्डिज आफ्नो पहिलो पालीमा केवल एक सय ८८ रन बनाउँदै अलआउट भएको थियो ।
वेस्ट इन्डिजका लागि किर्क म्याकेन्जीले अर्धशतक बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी ९४ बलमा सात चौकाको मद्दतले ५० रन बनाउँदै आउट भए । तल्लोक्रमका ब्याट्सम्यान सामर जोसेफले टोलीको खातामा ३६ रन थपे । उनले ४१ बलमा एक छक्का र तीन चौका हिर्काए ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान क्रेग ब्राथवेट १३ रन बनाउँदै आउट भए । एलिक एथान्जे पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् । अल्जारी जोसेफले १४ रन बनाए भने केमर रोचले टोलीको खातामा अविजित १७ रन थपे ।
घरेलु टोली अस्ट्रेलियाका बलर जोस हेजलउड र प्याट कुमिन्सले चार–चार विकेट लिए । मिचेल स्टार्क र नाथन लियोनले पनि एक–एक विकेट हात पारेका थिए । क्यारेबियन टोलीले अतिरिक्त रूपमा पनि १५ रन पाएको थियो । वेस्ट इन्डिज पहिलो पालीमा ६२.१ ओभरमा अलआउट भएको थियो ।
पहिलो दिन नै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले दुई विकेट गुमाएर ५९ रन बनाएको छ । पहिलो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले २१ ओभर ब्याटिङ गरेको छ । अस्ट्रेलियाका ओपनर उसमान ख्वाजा अविजित ३० रन र क्यामरुन ग्रिन अविजित अविजित ६ रन बनाउँदै क्रिजमा छन् ।
ओपनर स्टिभन स्मिथ भने १२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान मार्नस लाम्बुसेन पनि १० रनको व्यक्तिगत स्कोरमै आउट भएका थिए । अस्ट्रेलियन टोलीको दुवै विकेट क्यारेबियन बलर सामर जोसेफले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार