तल्लोक्रमका ब्याट्सम्यानले दिए कर्णालीलाई राहत, लुम्बिनीले पायो १८५ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।
कर्णाली प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यानले सुधारिएको प्रदर्शन गरेपछि कर्णाली प्रदेशले राहत अनुभव गरेको थियो । कर्णाली प्रदेशका लागि नवौँ नम्बरमा क्रिज समाल्न आएका दिनेश अधिकारीले अर्धशतकीय पाली खेले ।
उनले टोलीका लागि अविजित ५६ रनको योगदान गरे । टोली अप्ठ्यारो अवस्थामा रहँदा उनले केवल ५९ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । दीपेन्द्र रावतले पनि टोलीका लागि ४७ रनको योगदान गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६९ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।
चौथो नम्बरका ब्याट्सम्यान हिमांशु शाहीले पनि टोलीको खातामा २५ रन थपेका थिए । उनले ४२ बलको सामना गरी पाँच चौका प्रहार गरे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रवीन्द्र शाही भने ११ रन बनाउँदै आउट भएका थिए ।
अर्का ओपनर राजेश खड्का सात रन बनाउँदै पभेलियन फर्किए भने विपिन शाहीले खातासम्म खोल्न सकेनन् । दिवान पुन पनि शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्ती पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
प्रकाश जैसीले टोलीको खातामा नौ रन थपे । कर्णाली प्रदेशले अतिरिक्त रूपमा पनि २७ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर अभिषेक गौतम र निर्मल गुरुङले तीन–तीन विकेट लिए । मोहम्मद हुसैन, कृष्ण कार्की र अजय चौहानले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो