३० महिनापछि निजी निवास फर्किए देउवा
बुधबार, ०३ माघ २०८०, २२ : ००

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् ।
२०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारेका थिए । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा देउवा बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा सरेका थिए ।
बालुवाटार छोड्दा बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले उनी धुम्बाराहीमा भाडाको घरमा सरेका थिए । धुम्बाराहीमा १३ महिना बिताएर देउवा आज निजी निवास सरेको उनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक