प्रहरीको गोली लागेर मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग
बुधबार, ०३ माघ २०८०, ११ : ३७
बारा । मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादवले प्रहरीको गोली लागेर ज्यान गुमाएका लक्ष्मीमुखिया बिनको परिवारलाई १ लाख २५ हजार सहयोग गरेका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले बाराको सिम्रौनगढ नगरपालिका – १ निवासी बिनको परिवारलाई नगद सहयोग गरेका हुन् ।
मंसिर २७ मा शिक्षकहरुको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर बिनको मुत्यु भएको थियो । मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भनबाट भएको घटना निन्दनीय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
-
राइस कुकर बनाउने बहानामा ‘हनी ट्रयाप’, युवती पक्राउ
-
दिल्ली विधानसभा चुनाव : १२ वर्षमा सबैभन्दा कम मतदान