न्यायाधीश भुवन गिरीविरुद्धको निवेदन न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा
काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् ।
न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।
अदालतमा मुद्दा र निवेदन विचाराधीन रहेकै अवस्थामा रावलले केही दिनअघि सर्वोच्च अदालत अगाडि आत्मदाह गर्ने भन्दै सञ्चारकर्मीलाई खबर गरेर अदालत अगाडि पुगेकी थिइन् । विचाराधीन मुद्दा र निवेदनलाई प्रभावित पार्ने गरी हर्कत गरेको भन्दै प्रहरीले रावललाई सोही दिन पक्राउ गरेको थियो । मंगलबारसमेत सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोजेपछि रावललाई प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
-
सांसदहरूको महत्त्वपूर्ण विधायिकी भूमिकाले सच्चिन सक्छ सामाजिक सञ्जाल विधेयक
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो
-
ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार