फुल कन्ट्याक्ट कराँतेमा नेपाललाई आठ स्वर्ण
बुधबार, ०३ माघ २०८०, ०९ : ०२

काठमाडौँ । नेपाली खेलाडीले दोस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट क्योकुसिन कराँते प्रतियोगितामा ८ स्वर्ण जितेका छन् । भारतको आसाममा भएको प्रतियोगिताको पुरुषमा गणेशप्रसाद चौधरी, दिनेश भान, होमबहादुर राई, आशिष तामाङ र सुशान्त तामाङले स्वर्ण जितेका हुन् ।
महिलामा अनिशा तामाङ, सिवानी आले मगर र दीक्षा महराले स्वर्ण हात पारे । पुरुषमा सरोज श्रेष्ठ, विवेक नेपाली र पूर्ण गुरुङ तथा महिलामा निसु तामाङले रजत प्राप्त गरे ।
पुरुषमा बाबुकृष्ण महर्जन, आशुतोष जैसवाल, केशव विक, साजन नेपाली र विवेक बर्देवा तथा महिलामा साक्षी ढकाल र अञ्जना बुढाथोकीले कांस्य पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित