अफ्रिका कप अफ नेशन्स : नामेविया र माली विजयी
काठमाडौँ । अफ्रिका कप अफ नेशन्समा नामेविया र माली विजयी भएका छन् । मंगलबार राति भएको खेलमा नामेवियाले ट्युनेसियालाई १–० गोल अन्तरले पराजित गर्दा मालीले दक्षिण अफ्रिकामाथि २–० गोल अन्तरको जित निकाल्यो ।
स्टेड अमाडु स्टेडियममा ट्युनेसियाले नामेवियाविरुद्ध जित निकाल्नका लागि अन्तिमसम्म कुर्नु परेको थियो । ५३ प्रतिशत बल नियन्त्रणमा राखे पनि नामेवियाले ८८ औँ मिनेटमा गोल खान पुगेको थियो । नामेवियाका लागि डियोन होटाले गोल गर्दै समूह ईमा जितका साथ स्पष्ट ३ अङ्क दिलाए । यसैगरी यही समूहमा रहेको मालीले दक्षिण अफ्रिकाविरुद्ध २–० को जित निकाल्न सफल भयो ।
मालीको जितमा हमारी ट्रेओर र लेसिन फेन्टा मेडीलले एक ÷एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएको हो । ६० औँ मिनेटमा हमारीले गोल गर्दै अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा लेसिनले गोल गरेपछि माली २–० ले अघि बढेको थियो । त्यसपछि थप गोल नहुँदा मालीले अन्ततः २–० को जीतका साथ स्पष्ट ३ अङ्क लिन सफल भयो ।
यो समूहमा माली शीर्ष स्थानमा रहँदा नामेविया दोस्रो स्थानमा रहेको छ । अङ्क विहीन ट्युनेसिया र दक्षिण अफ्रिका क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
अफ्रिका कप अन्तर्गत बुधबार २ खेल हुने छन् । राति पौने ११ बजे मोरोक्को र तान्जेनिया तथा पौने २ बजे कंगो र जाम्बियाबीच प्रतिस्पर्धा हुने छ । यी दुवै खेल समूह एफका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै