पञ्चपुरीमा युवक मृत फेला प्रकरण : बन्चरो प्रहारबाट हत्या, परिवारका सदस्यमाथि आशंका

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय भरत बुढाको हत्या भएको खुलेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार भरतको बन्चरो प्रहार गरी हत्या भएको खुलेको हो ।
मंगलबार बिहान १ बजेतिर घर नजिकै मृत अवस्थामा भरतको शव भेटिएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी त्यहाँ पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।
रातिनै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टिकाराम आचार्यसहितको अनुसन्धान टोली उक्त स्थानमा खटिएको थियो ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ पनि घटनास्थलमा पुगेका थिए भने कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली त्यहाँ पुगेको थियो ।
अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार भरतलाई धारिलो हतियार बन्चरो प्रहार गरेर हत्या गरिएको छ । हत्या पश्चात् उनकै घर अगाडिको बाख्राको खोर नजिकै सुकेको घाँसले शवलाई छोपेर राखिएको थियो ।
ती अनुसन्धान अधिकृतका अनुसार अनुसन्धानका क्रममा भरतको घरभित्रकै सदस्यबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनकी बहिनीले दिएको बयान र घटनास्थलमा प्राप्त विवरण अनुसार भरतकै एक अभिभावकबाट हत्या भएको आशंका गरिएको ती प्रहरी अधिकृतले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख थापाले भरतको बन्चरो प्रहारबाट हत्या गरिएको रातोपाटीलाई बताए । घटनाबारे मुचुल्का बनाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा पठाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा