प्रत्येक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका छौँ : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रत्येक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छन् ।
मंगलबार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । उनले १० वटा गौरवका योजनाहरुमा महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् ।
उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिरहेको उल्लेख गरिन् । उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बिचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् ।
उनले भनिन्,‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौँ । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौँ । कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौँ । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बिचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबिचमा पुलको काम गर्दैछौं ।’
उपप्रमुख डंगोलले तालिमको उद्देश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा