एप्पलले किन छुटमा बेच्दैछ आइफोन ?

न्यूयोर्क । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले चीनमा छुटमा आइफोन बेच्ने भएको छ । एसियामा यतिबेला स्मार्टफोन बजारमा प्रतिस्पर्धा चर्किरहेको छ । यस्तोमा कम्पनीले छुटमा आइफोन बेच्ने दुर्लभ कदम चालेको हो ।
लुनार नयाँ वर्षको अवसरमा आधिकारिक चिनियाँ वेबसाइटमा एप्पलले नयाँ मोडलका आइफोनमा ५०० युआनसम्म छुटको दिइरहेको छ । म्याक र आइप्याड लगायत अन्य प्रोडक्टमा पनि क्रमशः ८०० र ४०० युआनसम्म छूट छ ।
यो प्रोमोशन अभियान जनवरी १८ देखि जनवरी २१ सम्म चल्ने बताइएको छ । चीनमा तेस्रो पक्षका विक्रेताहरूले छूटमा एप्पलका सामान बेच्ने गरेका छन् । तर एप्पलले भने प्रिमियम ब्रान्डको रूपमा आफ्नो छविलाई कायम गर्न आफैँले कहिले पनि यसरी छूटमा सामान बेचेको थिएन ।
चीनको बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावेले आफ्नो फ्ल्यागशीप स्मार्टफोन मेट६० प्रो सार्वजनिक गरेको पाँच महिनामा एप्पलले मूल्य कटौती गरेको हो । आइफोनको विक्री घटेर कम्पनीले छूटमै प्रडक्ट बेच्नु पर्ने स्थिति आएपछि दोस्रो ठुलो अर्थतन्त्रमा एप्पलका प्रडक्टको मागबारे प्रश्नहरू उठ्न थालेको छ ।
आइफोन निर्माताका लागि चीन लामो समयसम्म मुख्य बजारको रूपमा रहँदै आएको थियो । गएको वर्ष विश्वको कूल विक्री मध्ये २० प्रतिशत विक्री चीनमै भएको थियो । तर फोन लञ्च भएको पहिलो २ हप्तामा आइफोन १४ को तुलनामा आइफोन १५ को बिक्री साढे ४ प्रतिशतले घटेको काउन्टर प्वाइन्ट रिसर्चले भनेको छ ।
चीन एप्पलको लागि मुख्य बजारहरूमध्ये एक हो । तर पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ती, चीनले सरकारी अधिकारीहरूलाई आइफोन प्रयोगमा लगाएको प्रतिबन्ध आदिका कारण त्यहाँ कम्पनीको विक्री सुस्ताउन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान
-
रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत