सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन सकेन : निर शाह

मङ्गलबार, ०२ माघ २०८०, १६ : २४
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन् ।  

मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताए । 

कलाकार शाहले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु  चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताए ।

उनले भने, ‘ हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुनसक्यो कि सकेन ? त्यसमा अध्ययन गर्न जरुरी छ । हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौँ, त्यो उद्योग हुनसक्यो की सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुन सकेको छैन । उद्योग पनि हुन सकेको छैन । चलचित्र चाहीँ छ । चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती हो ।’

कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउनेगरी खोलिएका चलचित्र घरहरुमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप