सहसचिव सरुवामा मुख्यसचिवको अड्को !

काठमाडौँ । केही प्रदेश र स्थानीय तहमा लामो समयदेखि सहसचिव पठाउन नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही सहसचिवको सरुवा लिष्ट तयार गर्यो । मन्त्रालयले पुसको तेस्रो साता सरुवा लिष्ट तयार गर्दा मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वयं मन्त्रालयमा पुगेका थिए ।
मुख्यसचिव अर्याल, मन्त्रालयका सचिव विनोद प्रकाश सिंह र कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव रामकुमार महतो बसेर फाइनल लिष्ट तयार गर्दा ३२ जना सहसचिव सरुवा गर्नुपर्ने देखिएको थियो । मुख्यसचिवको भनाई उद्धृत गर्दै बैठकमा उपस्थित एक अधिकारीका अनुसार उनले ‘ल छलफल भए अनुसार सरुवाको प्रस्ताव ल्याउनुस्’ भनेर आफ्नो कार्यालय गएका थिए ।
गत पुस २३ मा मन्त्रालयले सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठायो । त्यसयता दुई पटक मन्त्रिपरिषद्को बैठक बसिसक्यो तर सहसचिवको सरुवा भएको छैन । विश्वस्त स्रोतका अनुसार एक÷दुई दिनमै १९ जना सहसचिवहरु बढुवा भएर आउँदै छन् ।
बढुवा लिष्टमा १० जना सहसचिवहरु राजश्वसँग सम्बन्धित छन् । उनीहरु आएपछि सरुवा र पदस्थापना एकै पटक गर्ने उद्देश्य अनुरुप अहिले सरुवा रोकिएको हो । धेरै सहसचिवको रोजाई गृह र अर्थमा हुने भएकाले पनि सरुवा पेचिलो बनेको हो ।
मुख्यसचिव अर्यालले भने आफूले सरुवा नरोकेको बताए । उनले भने,‘ म सामान्यमा पुगेको थिएँ, सहसचिवको सरुवा गर्नुछ भन्नु भयो, मैले हुन्छ प्रस्ताव ल्याउनुस् भनेको हुँ । सरुवा प्रस्ताव आएको छ, अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्छ होला ।’ प्रदेशमा लामो समयसम्म काम गरेका सहसचिवलाई संघमा ल्याउने र संघकालाई प्रदेशमा पठाउने तयारी अनुरुप सरुवा सूची बनेको थियो । मन्त्रालयका एक अधिकारीले भने,‘ हामीले पुस २३ मै सरुवा प्रस्ताव लगेका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)