कृषि आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप
मङ्गलबार, ०२ माघ २०८०, १५ : ५०

काठमाडौँ । नेपालमा कृषि आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप भइसकेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि बाली एवं सम्बन्धित जंगली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्त्वका कीरा र कृषि महत्वका सुक्ष्म जीवमध्ये करिब ४० प्रतिशत लोप भइसकेका हुन् ।
सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्पराहरू कृषि जैविक विविधतासँग जोडिएका भएता पनि त्यस्ता कृषि आनुवंशिक स्रोतलाई उजागर एवं प्रचार–प्रसार गर्न नसकिएकाले लोप भएको मन्त्रालयले उल्लेख गरेको छ । कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरू जानकार र सचेत भई तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनु पर्ने मन्त्रालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआईसी एशिया बैंकको पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी
-
‘चोलेन्द्र हटायौँ, तर व्यक्ति मात्र परिवर्तन भएर नहुँदो रहेछ’
-
विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत हुन् : मन्त्री पाण्डे
-
गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट
-
नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्दित
-
कैलालीमा स्कारपियो दुर्घटना, चालकको मृत्यु