माडी नगरपालिकाद्वारा सुत्केरी पशुलाई भत्ता

चितवन । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाईभँैसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाप्रमुख डा रबिन बस्ताकोटीका अनुसार सुरुआतमा सुत्केरी भएका गाईभैँसीलाई भत्ता दिन थालिए पनि अहिले कृत्रिम गर्भाधान गराएका र बीमा गरिएकालाई भत्ता उपलब्ध गराइएको हो ।
माडी क्षेत्रमा भँैसी धेरै पालिने गरे पनि कृत्रिम गर्भाधान खासै गरिँदैनथ्यो । भत्ता लिनका लागि कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र, सो वस्तुबाट जन्मिएको पाडापाडी, बाच्छाबाच्छीसँगै भएको फोटो, पशु बीमा गराएको प्रमाणपत्रसमेत राखेर निवेदन दिनुपर्ने हुन्छ । बीमा अनिवार्य गरेपछि यस वर्ष एक सय पशुधनीले भत्ता माग गर्ने अनुमान गरिएको छ ।
पशुलाई सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेपछि अहिले पशु बीमा गराउनेको सङ्ख्यासमेत बढ्दै गएको उनले बताए । पशु बीमाका लागि सङ्घीय सरकारले ८० प्रतिशत, माडी नगरपालिकाले १५ प्रतिशत र पशुधनीले पाँच प्रतिशत बेहोर्ने गरी काम गरिँदै आइएको छ । बस्यालका अनुसार पशु बीमामा मात्रै बार्षिक रु १२ लाख विनियोजन हुँदै आएको छ । माडीमा चालु आर्थिक वर्षमा ६ सय ५३ गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएकामा छ सय गाई र ५३ भैँसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृत अवस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?