माघ २१ गते बिहे गर्दै देउवाका छोरा जयवीरसिंह
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन् । देउवाको पारिवारिक स्रोतका अनुसार यही माघ २१ गते जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन् ।
छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।
बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेकाे देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे । बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।
जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्।
केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए। शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ।
जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् । यता शिवाना सौन्दर्य सामग्री (ब्युटी—प्रडक्ट) को व्यापारमा छिन्। उनी कभर गायक पनि हुन्। जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो