सुदूरपश्चिमका तीन ब्याट्सम्यानको अर्धशतक, कर्णालीलाई २७८ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउन दुई सय ७८ रन बनाउनु पर्ने भएको छ ।
सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाएको हो ।
सुदूरपश्चिम प्रदेशका लागि दुबै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । खडक बोहरा र टेक रावतले ओपनिङ विकेटका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए ।
खडकले ८० रन बनाए । उनले एक सय १४ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए । टेकले पनि टोलीको खातामा ५९ रन थपे । उनले ९१ बलमा सात चौका पनि प्रहार गरेका थिए ।
यसैगरी सुदूरपश्चिम प्रदेशका लागि अर्का ब्याट्सम्यान किरण ठगुन्नाले पनि अर्धशतक बनाएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किरणले केवल ३३ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए ।
नारायण जोशी जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान नारायणले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।
चौथो नम्बरका ब्याट्सम्यान राजु रिजालले पनि १९ रन बनाए । कप्तानसमेत रहेका राजुले ३२ बलमा एक चौका पनि हिर्काएका थिए । नरेन भट्टले पनि टोलीको खातामा १५ रन थपे ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख