सुजनको शतकले कोशीलाई राहत, पुलिसले पायो १६७ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ६६ रन बनाएको हो ।
कोशी प्रदेशका लागि सुजन थपलियाले शतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका सुजनले एक सय पाँच रन बनाए । लामो समय क्रिजमा सँघर्ष गरेका सुजनले एक सय २६ बलको सामना गरी आठ छक्का र ६ चौका पनि हिर्काए ।
कोशी प्रदेशका अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । सुजनका अतिरिक्त ओपनर अंकित सुवेदीले मात्र दोहोरो अंकमा रन बनाउन सके । टोलीका कप्तानसमेत रहेका अंकितले ३० बलको सामना गरी १० रन बनाए ।
अर्का ओपनर आशिष भट्टराई भने चार रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । सोनु अन्सारी शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान मिनाष थापा पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । फिरदोष अन्सारी नौ रन बनाउँदै पेभेलियन फर्किए ।
यसैगरी सोनु मण्डल दुई रनमै आउट भए भने समिर कार्कीले खातासम्म खोल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान अभ्यास तिमिसिनाले टोलीको खातामा २३ रन थपे । उनले ६४ बलमा एक छक्का र एक चौका पनि हिर्काए । कोशी प्रदेशले अतिरिक्त रुपमा नौ रन पाएको थियो ।
पुलिस क्लबका बलर करण केसीले तीन विकेट लिए । सुनिल धमला र ललित राजवंशीले दुई–दुई विकेट हात पारे । कुशल भुर्तेल, सागर ढकाल र रासिद खानले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?