लाल सागरमा अमेरिकी जहाजमा हुथी विद्रोहद्वारा मिसाइल प्रहार
इरान समर्थित यमनको सशस्त्र समूह हुथी विद्रोहीले आइतबार लाल सागरमा अमेरिकी कार्गो जहाजमा मिसाइल प्रहार गरेको छ । यस आक्रमणमा ग्रिबल्टार इगल नाम गरेको सो जहाजमा कुनै चोट वा उल्लेख्य क्षति नभएको बताइएको छ । घटनाको समयमा जहाज गल्फ अफ अडेनतिर जाँदै थियो ।
हमासविरुद्धको इजरायली युद्धको विरोध गर्दै हुथीहरुले नोभेम्बरदेखि नै लाल सागर भएर आवतजावत गर्ने कार्गो जहाजमा आक्रमण गरिरहेका छन् । यो हमलालाई अमेरिका र बेलायतले हालै गरेको आक्रमणको जवाफी हमला मानिएको छ । तर, हुथी विद्रोहीले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् ।
इजरायल–हमास युद्धको बिचमा, हुथी विद्रोहीहरूले स्वेज नहरलाई युरोपसँग जोड्ने महत्त्वपूर्ण करिडोरमा एसिया र पश्चिम एसियाबाट तेल र कार्गो जहाजहरूलाई निशाना बनाइरहेका छन् । यसले युद्ध क्षेत्रीय द्वन्द्वमा परिणत हुने खतरा बढाएको छ ।
लाल सागरबाट आएको थियो मिसाइल
क्षेप्यास्त्र रेड सी बन्दरगाह सहर होडेडा नजिकबाट आएको थियो । यो सहर लामो समयदेखि हुथी विद्रोहीहरूको नियन्त्रणमा छ । आक्रमणमा जहाजमा कुनै हताहत वा क्षतिको कुनै रिपोर्ट आएको छैन । हुथी विद्रोही विरुद्धको अमेरिकी नेतृत्वको अभियानमा शुक्रवार २८ स्थानमा हमला गरिएको बताइएको छ । लडाकु विमान, युद्धपोत र पनडुब्बीबाट प्रहार गरिएको क्रुज मिसाइलले ६० भन्दा बढी स्थानलाई निशाना बनाएको थियो । अमेरिकी सेनाले शनिवार पनि हुथी विद्रोहीको राडारमा आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे