बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

रामायणमा कुम्भकर्णको भूमिकामा पाएका हुन् त बबी देओलले ?

मङ्गलबार, ०२ माघ २०८०, ११ : ४३
मङ्गलबार, ०२ माघ २०८०

नयाँ दिल्ली । एनिमलको सफलता पछि हिजोआज बबी देओल मख्ख छन् । उनको डिमान्ड बढेको हो । धेरैजसो निर्देशकहरु उनलाई आफ्नो फिल्ममा खेलाउन चाहिरहेका छन् । हालै मात्र उनले दक्षिण भारतका केही फिल्ममा खलपात्रको रूपमा देखिने पक्कापक्की भएको खबर आएको थियो ।

पछिल्लो खबरहरूका अनुसार निर्देशक नितेश तिवारीको मेगा प्रोजेक्ट रामायणमा खेल्न लागि बबी देओललाई प्रस्ताव गरिएको छ । उनलाई कुम्भकर्णको भूमिका अफर भएको बताइएको छ । ईटाइम्सले छापेको खबरका अनुसार फिल्ममा बबीको कास्टिङको अफवाह चलेपछि अभिनेताको टिमसँग कुराकानी भएको थियो । बबीको टिमले एक्टरले कुम्भकर्णको भूमिका पाएको खबरलाई गलत भनेको बताइएको छ । बबी नितेशको रामायणसँग आबद्ध नरहेको उनीहरूको भनाई थियो ।

खबरका अनुसार रानी कैकेयीको भूमिकाका लागि भने लारा दत्तको नाम फाइनल गरिएको छ । रामायणमा कैकयी राजा दशरथकी तेस्रो पत्नी हुन् । बबीका दाजु सनी देओल पनि यो प्रोजेक्टको हिस्सा हुने अनुमान चलिरहेको छ । चर्चाका कारण उनलाई हनुमानको भूमिका अफर भएको छ । नितेश तिवारीको रामायणमा रामको भूमिकामा रणवीर कपूर देखिनेछन् । दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सिता बन्नेछिन् । फिल्ममा साउथ अभिनेता यश रावण बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप