काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा
काठमाडौँ । काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् । मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए । तर, सरकारले अहिलेसम्म ती संरचनाको पुन निर्माणको प्रक्रिया भने अघि बढाएको छैन ।
उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यससम्बन्धी अध्ययनका आधारमा काठमाडौँ उपत्यकाका ५३ वटा भवन संरचना र चार वटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेका छन् । तिनको पूर्ण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।
‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको एक अध्ययनले काठमाडौँ उपत्यकामा विद्यालय,अस्पताल र सरकारी भवन गरी ५३ वटा भवन संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र त्यसको प्राथमिकतामा राखी पुनर्निर्माण गर्नुपर्ने देखाएको छ,’ श्रेष्ठले भने ।
ती पूर्वाधार पुनर्निर्माणका लागि करिब ३ अरब ६१ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । जसमा ३२ वटा विद्यालय भवनको लागि एक अरब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोड ७४ लाख रुपैयाँ, ८ वटा सरकारी भवनको लागि ५१ लाख ८० लाख रुपैयाँ र ४ वटा सडक पुलको लागि १ अरब ७ करोड आवश्यक पर्ने प्राधिकरणको अनुमान छ ।
तीमध्ये पनि काठमाडौँ महानगर भित्रमात्रै ९ ओटा भवनको लागि ७१ करोड ३५ लाख र ४ वटा पुलको लागि ४ अरब ७ करोड रुपैयाँ लागत लाग्ने अध्ययनको निष्कर्ष छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख सुनिता डङ्गोलले भूकम्पीय जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारलाई प्राथमिकतामा राखेको जानकारी गराइन । उनले भूकम्पलगायतका जोखिमबाट जोगिनलाई सङ्घ,प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । डङ्गोलले देशभरिका विद्यालयहरूलाई भूकम्पको जोखिममुक्त गराउन रेट्रोफिटिङको कार्य सुरु गर्नुपर्ने बताइन् ।
’काठमाडौँ महानगरपालिकाको विद्यालय मात्र नभएर देशभरिका विद्यालयलाई भूकम्पको जोखिमबाट बचाउनको लागि रेट्रोफिटिङको काम हामीले थाल्नुपर्ने छ। त्यसका लागि स्थानीय सरकारको स्रोतले मात्र नपुग्न सक्छ । महानगर र अन्य पालिकाको स्रोत हेर्ने हो भने पनि अवस्था फरक छ । विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर हामीले भूकम्पलगायतका विपद्बाट थेग्ने संरचना निर्माण गर्न विद्यालयबाट सुरु गरौँ,’ डङ्गोलले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति