टाइगर कप भलिबल : पुलिससँग स्तब्ध गण्डकी
मङ्गलबार, ०२ माघ २०८०, ०९ : ५९
पोखरा । राष्ट्रिय कप्तान र तीन भारतीय खेलाडी लिएर मैदान झरेको गण्डकी प्रदेशको महिला टोली पोखरामा जारी टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबसँग स्तब्ध भएको छ । मंगलबार भएको खेलमा पुलिसले ३–० को सोझो सेटमा गण्डकीलाई हराएको हो ।
पुलिसले २५–१०, २५–९ र २५–१६ को स्कोरमा जित निकालेको हो । योसँगै पुलिसले ३ अङ्क थपेको छ । पुलिस सोमबार एफिएफसँग पराजित भएको थियो । सोमबार १ अङ्क बटुलेको पुलिसले सोमबार ३ अङ्क जोड्यो र समग्रमा ४ अङ्क सहित शीर्ष टोली बनेको छ ।
गण्डकीको कप्तानी नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी थिइन् । ३ भारतीय खेलाडी सहभागी थिए । तर गण्डकीले अपेक्षाकृत प्रतिस्पर्धा गर्ने गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघलाई नमागेको सल्लाह
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह