१ अर्ब बराबरको एनआईबीएल स्टेबल फण्ड निष्कासन
![१ अर्ब बराबरको एनआईबीएल स्टेबल फण्ड निष्कासन](https://npcdn.ratopati.com/media/news/nibl-stable-fund-images_BlU8iO3He9.jpg)
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआईएमबी एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौँ योजना ‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट सुरु भएको छ ।
यस योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट गत मङ्सिर २१ गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ र यो हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले वार्षिक प्रतिफलको रूपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरूलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
योजनाको सार्वजनिक निष्कासन माघ २ देखि छिटोमा माघ ५ र ढिलोमा माघ १६ गते सम्म रहनेछ । इच्छुक लगानीकर्ताहरूले यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सक्ने छन् । लगानीकर्ताहरूले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लग ईन गरी अनलाइन आवेदन दिन सकिनेछ । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लि को वेबसाइट तथा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा समेत राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा