तुलसीपुरको गोदाममा आगलागी
सोमबार, ०१ माघ २०८०, २१ : ३८

दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर आगलागी भएको छ । तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लास्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगलागी भए लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ । गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षितरुपमा बाहिर ल्याइएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)
-
विमलराज र शान्तारानीको गीतमा नाचे हङकङबासी नेपाली
-
एनआरएनएको एकता महाधिवेशन भइछाड्छ, अब रोकिने ठाउँ छैनः कुँवर
-
प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्ने (क्यालेण्डरसहित)
-
दश वर्षपछि उस्तै समयमा भूकम्पको झड्का
-
सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य