‘खजुरे ब्रो’ मेरो लागि लक्की छ : नीति शाह
काठमाडौँ । मोडल नीति शाहले फिल्म ‘खजुरे ब्रो’ आफ्ना लागि लक्की भएको बताएकी छन् । यस अगाडि केही फिल्ममा अनुबन्धित भएपनि अभिनय अवसर नमिलेको बताएकी शाहले ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गर्न पाउँदा निकै खुसी लागेको सुनाइन् ।
‘डेब्युका लागि हतारिएर फिल्म रोजेको होइन, यो फिल्मको कथा र टिम सबै मनपरेको छ’, शाहले थपिन् ।
सुरज सुनुवारको निर्देशनमा फिल्म ‘खजुरे ब्रो’ बन्न लागेको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म कमेडी जनरामा बन्ने लेखक समेत रहेका निर्देशक सुनुवारले बताए । ‘‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको हो’, निर्देशक सुनुवारले भने ।
रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिका फिल्म रहनेछ ।
नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने फिल्मको सुटिङ सुरु भएको छ । केहि दिनको काठमाडौँको छायाँकनपछि युनिट धरान प्रस्थान गर्नेछ । अनमोल गुरुङको सङ्गीत रहने फिल्म काठमाडौँ, धरान र दार्जिलिङ छायाङ्कन हुनेछ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् ।
दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्म इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लिको सहकार्यमा बन्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस