उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि मेयर हर्कले भने– घिसार्दै निकाल्न नपरोस् !

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।
प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले सोमबार उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् ।
मेयर साम्पाङले आफूले लगाएको ताला कसैलाई नखोल्न चेतावनी दिएका छन् । उनले आवश्यक परे आफैँ खोल्ने बताएका छन् ।
ताला लगाएपछि मेयर साम्पाङले सामाजिक संजालमा लगातार दुईवटा स्टाटस लेख्दै उपकुलपतिलाई ढिलो नगरी निकास दिन भनेका छन् । ‘न्यायोचित माग राखेर आन्दोलन गरिरहेका डा. शिक्षक र कर्मचारीहरुको माग तत्काल पूरा गरी स्थिति सुधारमा नगए अवस्था झन् बिग्रने देखिन्छ ! सम्बन्धित निकायले ध्यान देवोस,’ मेयर साम्पाङले भनेका छन् ।
त्यसअघि उनले कार्कीलाई राजीनामा नदिए घिसारेर निकाल्न नपरोस् भन्दै चेतावनी दिएका थिए । ‘बि.पि. अस्पतालको ख्ऋ नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है,’ उनको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता
-
कालिकोटमा विप्लवले गरे भेडा फार्मको उद्घाटन
-
पाख्रिवास एमालेमा विवाद, प्रदेश अध्यक्ष खतिवडाको निर्देशन पालना भएन