ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते

काभ्रे । काभ्रेमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–८ डिप्सा स्थित ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार दिउँसो ३:३० बजेको समयमा काठमाडौंबाट मंगलटारतर्फ जाँदै गरेको बिएए २९२५ नम्बरको कारलाई विपरीत दिशाबाट धुलिखेल तर्फ आउँदै गरेको बा२ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–१ बस्ने ४१ वर्षीय कार चालक मदन बहादुर तामाङ, सोही कारमा सवार काठमाडौँ सुकेधारा बस्ने ३७ वर्षीया सर्मिला तामाङ र उनका छोरा १२ वर्षीय निकेश तामाङ, छोरी ६ वर्षीय एन्जल तामाङ रहेका छन् ।
त्यस्तै ट्याक्सीका चालक काभ्रे चौरिदेउराली गाउँपालिका–५ बस्ने ३६ वर्षीय मनिज तिवारी, ३० वर्षीय लक्ष्मण तिवारी, उनका छोरा ११ वर्षीय आयुष तिवारी, सोही स्थान बस्ने २४ वर्षीय सुमन गौतम, १७ वर्षीय पवन तिवारी, २३ वर्षीय दिपेन्द्र गौतम र २२ वर्षीय सुनिल तिवारी रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको उपचार मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
विदेशी फिल्मको दबदबा : नेपाली भन्दा ४० प्रतिशत बढी विदेशी फिल्म प्रदर्शन
-
ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रिया : हामी पछि हट्ने छैनौँ