कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या छत्तीस पुग्यो

कोलम्बिया । उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन् ।
यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा शुक्रबार भएको पहिरोबाट २३ जनाको मृत्यु भएको बताएका थिए ।
राष्ट्रपति गुस्ताभो पेट्रोले सबै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । यसैगरी पोप फ्रान्सिसले भ्याटिकनबाट पीडितहरूका लागि प्रार्थना गरेका थिए । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा पहाडको केही भाग ढलेर कारहरूको लाइनमा खसेको देखिन्छ । पहिरो खसेपछि लगत्तै केही मानिसहरू चिच्याएको आवाज सुनिन्छ ।
कोलम्बियाको प्रशान्त महासागरमा अवस्थित चोको क्षेत्रमा २४ घण्टा भन्दा बढी तीव्र वर्षा पछि पहिरो गएको थियो । प्रशासन कार्यालयले थप पहिरोको उच्च जोखिमबारे चेतावनी दिएको छ । कार्यालयले बुलेटिनमार्फत् यस क्षेत्रमा जोखिममा रहेका मानिसहरूको जीवन रक्षा गर्न सबै आवश्यक कदम चाल्न आह्वान गरेको छ ।
डिसेम्बर २०२२ मा कोलम्बियाको सोही भागमा भएको भूस्खलनमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने मानिसहरू बस लगायतका अन्य सवारी साधनहरूमा फसेका थिए ।
कोलम्बियाको धेरै जसो भाग खडेरीको चपेटामा परेको बेला, मौसमविद्हरूले प्रशान्त क्षेत्रको सिमानामा रहेका धेरै विभागहरूमा भारी वर्षाको जोखिम रहेको चेतावनी दिएका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ