एमाले छाडेर माओवादीमै फर्किए राष्ट्रिय सभाका पूर्वसदस्य खड्का
बुटवल । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका पूर्वसदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई अर्घाखाँचीमा पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्वराष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का फेरि माओवादीमै फर्किएका हुन् । उनी माओवादी र एमाले बिच एकता टुटेपछि टोपबहादुरसँगै एमालेमै बसेका थिए ।
माओवादी केन्द्र अर्घाखाँचीका इन्चार्ज ठाकुर विकले आज खड्कासहित एमाले, काँग्रेस र विप्लव नेतृत्वका पार्टीबाट कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताए । खड्का यसअघि माओवादी अर्घाखाँचीको इन्चार्जसमेत भएर काम गरेका थिए । उनले आफू फेरि मूल घरमा आएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी