चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

सुनसरी । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए ।
एकचालिस थान कम्बल हस्तान्तरण
केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाले जिल्ला प्रशासन कार्यालयलाई गए राति ४१ थान कम्बल हस्तान्तरण गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई अति विपन्न परिवारलाई वितरण गर्न कम्बल हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।
आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसोबाट बचाउन वाणिज्य सङ्घले २१ थान र नेपाल–भारत मैत्री सङ्घले २० थान कम्बल वितरण गरेका सङ्घका उपाध्यक्ष गिरिजा अटलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह